धादिङ ०४ भाद्र
धादिङको बेनिघाट रोराङ गाउँ पालिका वडा नं. १० जोगिमाराका बुद्धि बहादुर प्रजा र प्रेम बहादुर प्रजा झुठा विवरण पेश गरी नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् । सुक देउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धि बहादुर प्रजाले आफ्नो सहोदर भाई भनि प्रेम बहादुर प्रजालाई झुठ्ठा विवरण पेश गरी नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो । झुठा विवरण बनाइ वडा कार्यालयबाट सिफारिस लिएका उनीहरुले वडा अध्यक्षलाई समेत ढाटेका थिए । पछि जानकारी आएपछि गाउँ पालिका हुँदै जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन पेस गरेको वडा अध्यक्ष अम्बर बहादुर गुरुङले बताएका छन् । बुद्धिबहादुरसँगै पक्राउ परेका प्रेम बहादुर भनिने व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरी प्रमुख राजकुमार बैदवारले बताएका छन् । अनुसन्धान सकिएपछि बेनिघाट रोराङ १० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस