धादिङ १० मंसिर
नेपाली कांग्रेस धादिङ्को प्रदेश क्षेत्रीय कार्यसमिति, धादिङ क्षेत्र नम्बर २(क) को आयोजनामा शनिबार धादिङबेसीमा विजयीर्याली सम्पन्न गरिएको छ ।
सत्ता गठबन्धनको साझा उम्मेदवार धादिङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काँग्रेस धादिङ्का सभापति रामनाथ अधिकारी र प्रदेशसभा १ को क बाट निर्वाचित मधुकुमार श्रेष्ठ, प्रदेशसभा २ को क प्रदेशबाट निर्वाचित गोबिन्द लम्साललाई बधाई ज्ञापन गरि आम मतदाताहरुलाई धन्यावाद सहित खुसी साटासाट गरि विजयी र्याली सम्पन्न भएको हो ।
उक्त विजयीर्यालीको कोण सभालाई सम्बोेधन गर्दै प्रदेशसभा १ को क बाट निर्वाचित बागमती प्रदेश सदस्य मधुकुमार श्रेष्ठले यो जित धादिङ्को सम्पुर्ण जनताको जितभएको र आफ्नो ५ बर्ष भित्रको कार्यकालमा देखिनेगरि आमजनताले विश्वस्त हुनेगरि कामगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
त्यस्तै प्रदेशसभा २ को क प्रदेशबाट निर्वाचित गोबिन्द लम्सालले बिकासको कुरा निति तथा कतिपय कानुन बनाउनुपर्ने कुरामा आफ्नो भूमिका कृयाशिलहुने बताउनुभयो । आम धादिङ्को मतदाता जनतासंग पारिवारीक सम्बन्ध कायम गरि संम्बृद्ध धादिङ बनाउने सपनारहेको त्यसलाई पुरा गर्ने पनि स्पष्ट पार्नुभयो ।
त्यस्तै प्रतिनिधीसभा धादिङ २ बाट निर्वाचित रामनाथ अधिकारीले अस्थिरतर्फ गईरहेको देशको परिस्थितीलाई स्थिरतातर्फ अगाडि बढाउन धादिङको जनता आम मतदाताले सहि बाटो रोजेको बताउनुभयो । गठबन्धनबाट आफु निर्वाचित भएपनि सिङगो धादिङको बिकास सम्बृद्धि,यहाँका जनताको जीवनस्तर,रोकिएको बिकासका कार्यहरुको सञ्चालन गरि नेपाली काँग्रेस पार्टीको घोषणपत्र,सिङ्गो लोकतान्त्रिक गठबन्धनको घोषणपत्रलाई सिरोधार गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस धादिङ्को नेता कार्यकर्ता आम मतदाताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।विजयीर्याली विभिन्न बाजागाजासहित पुछारबजारबाट सुरुहुदैँ सिरानबजार पुगी बिच बजार क्याम्पसचोक स्थित कोण सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस