धादिङ ९ मंसिर
नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति, धादिङ क्षेत्र न. २(ख) धादिङले शनिबार सदरमुकाम धादिङबेसीमा विजयी र्याली गर्ने भएको छ । क्षेत्रिय सभापति होम गुरूङका अनुसार क्षेत्रिय स्तरको विजयी र्याली भएको बताउनुभयो ।
धादिङको निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधीसभामा विजयी रामनाथ अधिकारी र यसै क्षेत्रको प्रदेशसभा क बाट विजयी गोविन्द लम्सालको विजयी र्याली भएको सभापति गुरुङले बताउनुभयो ।
शनिबार धादिङबेसी, पुछार बजारबाट १२ बजेबाट सुरु हुने उक्त र्याली मा सहभागी हुनका लागि सत्ता गठबन्धनका नेता तथा कार्यकर्ता र मतदाताहरुलाई आग्रह समेत गरेका छन् । सत्ता गठबन्धनको भागबण्डमा धादिङको संघ र प्रदेश गरी ३ वटा सिट पाएको कांग्रेसले सबैमा जित निकालेको छ भने माओवादीले पाएको प्रदेशको २ क्षेत्र मध्य प्रदेशसभा ख क्षेत्र गुमाएको छ । यस्तै एकीकृत समाजवादीले पाएको संघको १ सिटमा जित निकाल्न सफल बनेको छ ।
तस्बिर ः धादिङ पोष्ट डट कम
प्रतिक्रिया दिनुहोस