धादिङ ०४ भाद्र
विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने उद्देश्यका साथ विभिन्न अतिरिक्त कृयाकलापहरु सञ्चालन गर्दै आएको धादिङ बोर्डिङ स्कुलले मङ्गलबार ह्यान्डिक्राफ्ट प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको उक्त कार्यक्रममा कक्षा ३–४, ५–७ र ८–९ गरी ३ वटा समूह बनाइ कार्यक्रम सञ्चालन गरिएको हो ।
अतिरिक्त कृयाकलाप संयोजक सैलेश अधिकारीले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि लम्सालको सभापतित्व तथा गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डेको विशेष आतिथ्यता रहेको थियो भने विद्यार्थी विद्यालयका शिक्षक र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतियोगितामा कक्षा ३–४ बाट सन्दिप तामाङ प्रथम, ऋिद्धी प्रजापती द्धितीय, आयुष प्रजापती तृतीय र सिवानी श्रेष्ठ सान्त्वना भएका हुन् । यस्तै कक्षा ५–७ मा रिज्जु प्रजापती प्रथम, समिक्षा घले द्धितीय, जेसन गुरुङ तृतीय र प्रशान्त श्रेष्ठ सान्त्वना भएका थिए ।
यसै गरी कक्षा ८–९ बाट मौनता अधिकारी प्रथम, सुवास रिजाल द्धितीय, सोनु गुरुङ तृतीय र डेभिना गुरुङ सान्त्वना भएका हुन् । हरेक मङ्गलबार पौडी, नृत्य तथा विभिन्न रचनात्मक अतिरिक्त कृयाकलापको आयोजना गर्दै आएको शिक्षक अपिल कोइरालाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस