धादिङ ०५ मंसिर
धादिङ क्षेत्र नम्बर १ को मतगणना बिहान १० बजेबाट गणना गरिने भएको छ । आइतबार रातीसम्म मतपेटिका संकलन गरि सकिएपनि मतगणनामा भने ढिलाई हुने भएको छ ।
मतगणनाका लागि सर्वदलिय बैठक बसेर विधि तथा सामान्य नियमहरु तय गरिनु पर्ने भएकोले बिहान ८ बजे उम्मेदवार प्रतिनिधि र दलका प्रतिनिधिहरुको बैठक सुरु भएको गल्छी स्थित क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो ।
उत्तरी धादिङका केहि मतदान केन्द्रको मत पत्र सदरमुका धादिङबेसी आईपुग्न दिउँसो सम्म कुर्नुपर्ने भएकोले गणना कार्य आजै हुने तर कति बजे बाट हुने भन्ने समय तय नभएको बताईएको छ ।
धादिङ क्षेत्रनम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकोमा ८१ हजार १ सय १६ जनाले मतदातान गरेका छन्। धादिङ क्षेत्र नम्बर २ को मतपेटिका धादिङबेसी मुख्य निर्वाचनको कार्यालयमा आइपुगेपछि मतगणना गरिने छ।
दल र उम्मेदवारहरुको बैठकपछि गल्छीमा २ स्थानमा मतगणना गरिने तयारी भएको छ ।
गत स्थानीय निर्वाचनमा लगाइएको जाली समेत बाँकी रहेको र अर्को स्थानमा समेत मतगणनाका लागि सुरक्षित हुनेगरि निर्माण गरिएको र मतदान स्थलमा सिसि क्यामरा जडान गरि तयारी अवस्थामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस