धादिङ ०३ भाद्र
सिद्धालेक गाउ पालिका वडा नं. १ धादिङमा आफ्नै श्रीमानले श्रीमती र छोरालाई आगो लगाएका छन् । २८ वर्षीय गणेश लम्सालले २५ वर्षीय श्रीमती बिमला लम्साल र २ वर्षका छोरा जेनिश लम्साललाई सोमबार राती १२ बजेको समयमा सुतिरहेको अवस्थामा आगो लगाएका हुन् । घरायसी वादविाद र झै झगडाका कारण लम्सालले तारपिनको तेल छर्की आगो लगाउँदा श्रीमतीको अनुहार, बाँया हात र छोराको कोखा, टाउको र हातको भाग जलेको छ । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । घटनामा सङ्लग्न गणेश लम्साललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखेर अनुसन्धना भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।
फोटो साभार : पाविल न्युज डट कम
प्रतिक्रिया दिनुहोस