धादिङ ०४ मंसिर
जिल्ला कारागार धादिङको अस्थायी मतदान केन्द्रबाट ६१ कैदीबन्दीले मतदान गरेका छन् । बिहान ७ बजे नै मतदान सुरु भएको कारागारमा ६१ कैदीबन्दीले मतदान गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
उनीहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गरेका छन् । समानुपातिकको मत आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र पाउने प्रावधान छ ।
निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो । धादिङमा १ सय १४ मतदान स्थल अन्तर्गत ३०३ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र रहको छ ।
प्रतिक्रिया दिनुहोस