धादिङ ०१ मंसिर
आसन्न निर्वाचनका लागि धादिङ क्षेत्र नं २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजानिक गरेको छ । बिहिबार जिल्ला स्थित बिचबजार क्याम्पसचोकमा पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता पत्र सार्वजानिक गरेको हो । गठबन्धनका तर्फबाट कांग्रेस सभापति तथा धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार रामनाथ अधिकारी, क्षेत्र नं २ प्रदेश सभा १ का उम्मेदवार गोविन्द लम्साल तथा क्षेत्र नं २ प्रदेश सभा २ का उम्मेदवार जगतबहादुर सिंखडाको हस्ताक्षर रहेको संयुक्त अपिलमा संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको उल्लेख गरिएको छ । प्रतिबद्धता पत्रमा घरदैलोको क्रममा मतदाताहरुले पहिचान गराएका समस्या तथा विकासका खाकाहरुलाई सम्बोधन गर्न निरन्तर क्रियाशिल रहने उल्लेख गरिएको छ ।
प्रतिबद्धता पत्रमा बुढि गण्डकी जलविद्युत परियोजना सम्पन्न गर्न र यस परियोजनासँग प्रभावित जनता र जिल्लाबासीको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माणधिन दामन पाख््िरन मार्गलाई सम्पन्न गर्ने, हरेक वडामा कालोपत्रे सहितको सडक पुर्याउने, हरेक पालिकामा प्राविधिक शिक्षालय सञ्चालन गर्ने, एक घर एक स्वच्छ खानेपानीका धारा पुर्याउने, कृषि प्रति युवा आकर्षणका लागि व्यवसायिक कृषिका लागि आवश्यक पूर्वाधार निर्माण र जनशक्ति उत्पादन गर्ने उल्लेख गरिएको छ । उत्पीडनमा परेका वर्गा समुदायको जीवनस्तरमाम सुधार गर्ने, माध्यामिक तह सम्म निशुल्क शिक्षा प्रावधानलाई कार्यान्वयनमा ल्याउने, स्थानीय सरकारको भुमिकालाई जनअपेक्षा अनुसार सुधार ल्याउने प्रतिवद्धता गरेका छन् ।
यस्तै, कला संस्कृति र भाषको संरक्षण, दलित, महिला, आदिवासी जनजाति, अपाङ्गमैत्री कार्यक्रम, युवा लक्षित कार्यक्रम, विकासका पुर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । घरदैलोको क्रममा भुगोल अनुसार अपेक्षा आएको भन्दै ती अपेक्षाहरुलाई सम्बोधन गर्ने बताएका छन् । संसदमा गएर धादिङबासीको जीवनमा आशाको सञ्चार गराउने, सुशासन र स्थायित्वको अनुभूति दिलाउने, राष्ट्रिय स्वाधिनतालाई सुदृढ तुल्याने दिशामा आफ्नो सम्पुर्ण क्षमता र सक्रियताको सदुपयोग गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस