धादिङ ३० कात्तिक
धादिङमा प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनको माहोल निकै तातिएको छ । चुनाव आउन झण्डै चार दिन बाँकी हुँदा कस्ले जित्ने र कस्ले हार्छन् भन्दै चिया पसल देखि घर चौतारीमा पनि कुरा हुँदै आएको छ ।
धादिङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उमेदवारका रुपमा एमालेका पुर्व नेता राजेन्द्रप्रसाद पाण्डेसंग नेकपा एमालेको तर्फबाट एमाले धादिङका अध्यक्ष भूमीप्रसाद त्रिपाठी बीच प्रतिस्पर्धा हुँदैछ ।
एमालेमा ठुलै खटपटपछि पाण्डे नेकपा एमाले छाडेर एकृकित समाजवादीमा आएका थिए । उनी विभाजन गरी वनाईएको नेकपा एसका केन्द्रिय उपाध्यक्ष समेत हुन् । अहिले पाण्डे चुनावी माहोलमा होमिरहेका छन् । धादिङका हरेक कुनामा पुगेर भोट मागिरहेका छन् । केहि दिन अगाडी मात्र धादिङको धुनिबेशी नगरपालिकाका हरेक वडा तथा गाउँमा भोट माग्न पुगेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यो चुनाव गठबन्धनले नै जित्नु पर्ने बताए । एमालेमा दशौ बर्ष बिताएपनि देशले निकास पाउन नसकेको भन्दै अव एमालेको बिकल्पमा समाजवादी तथा गठबन्धनको सरकार बनाउन उनले जनता समक्ष अपिल गरेका छन् ।
पूर्व स्थानीय विकास मन्त्री एवम वागमती प्रदेशका मुख्य मन्त्री समेत रहेका एसका उपाध्यक्ष पाण्डे प्रदेशबाट यस पटक संघमा गठवन्धनको साझा उम्मेदवारका रुपमा आफ्नै पूर्व सहकर्मीसँग प्रतिष्पर्धा गर्दैछन् ।२०४३ साल देखि धादिङ जिल्लाबाट निरन्तर चुनावमा सहभागि हुंदै आएका पाण्डेले २०४८, २०५१, २०५६,२०६४, २०७० र २०७४ मा चुनावमा उठेकोमा २०४३ र २०६४ मा बाहेक अरु सबै चुनाव जितेका छन् । उनी २०४४ सालमा धादिङ जिल्ला पञ्चायतको सभापतिमा पनि विजयी भएका थिए ।
नेकपा एमाले धादिङका संस्थापक नेता पाण्डे गएको ३६ बर्ष देखि एउटै क्षेत्रबाट चुनाव लड्दै आईरहेका छन् । गत बर्ष एमाले पार्टी विभाजन गर्न मुख्य भूमिका निर्वाह गरी वागमती प्रदेशको मुख्य मन्त्री बनेका पाण्डेसंग एमालेका जिल्ला अध्यक्ष एवम निवर्तमान सांसद भूमी त्रिपाठीले कडा प्रतिष्पर्धा गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस