धादिङ ३० कात्तिक
धादिङ जिल्लाभर आज बुधबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाको बस्तु स्थिती, शान्ति सुरक्षाको अवस्था, निर्वाचन आयोगको निर्णय कार्यान्वयन सम्बन्धी प्राप्त पत्र अनुसार कात्तिक ३० गते राती १२ बजेदेखी मंसिर ६ गते मध्यान्ह १२ बजेसम्म धादिङ जिल्लाभर र धादिङबेशी बजार क्षेत्र तथा गल्छी बजार क्षेत्रमा निर्वाचन परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसार पसार, बिक्रि वितरण र सेवन कार्य निषेध गरिएको सुचनामा भनिएको छ ।
सूचनाको बेवास्ता गरी उल्लेखित क्रियाकलाप गरे वा गराएमा प्रचलित कानुन बमोजिम सेवनकर्ता र बिक्रेतालाई कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस