धादिङ २९ कात्तिक
मंगलबार धादिङका ३१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका १९ र गल्छी गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म जिल्लामा १ हजार २४२ जना पुरुष र एक हजार ६८ महिला गरी कुल २ हजार ३१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।
जिल्लामा सबै भन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिमा रहेका छन् भने खनियाबास गाउँपालिकामा सबै भन्दा कम संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस