धादिङ २९ कार्तिक
मंसिर ४ गते सम्पन्न हुन गहिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नु पर्ने माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् धादिङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेलले बताउनुभएको छ ।
गठबन्धनका साझा उम्मेदवार समेत रहेका जमकट्टेलले यो पटक संविधान रक्षाका लागि सत्ता गठबन्धनलाई मतदान गर्न मतदाताहरु सँग आग्रह गरेका हुन् ।
एमाले राप्रपा गठबन्धनले चुनाव जित्यो भने संविधान ध्वस्त मात्रै नहुने बताउँदै जमकट्टेलले राजतन्त्र फर्काउने दौडमा एमाले रहेकोले प्राप्त उपलब्धिको रक्षा गर्न सत्ता गठबन्धनलाई मत दिनुपर्ने उनले स्पष्ट पार्नुभयो ।
धादिङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा जमकट्टेल सँग एमालेका गजेन्द्र थपलिया प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस