धादिङ २८ कात्तिक
आसन्न प्रतिनिधि र प्रदेससभा निर्वाचनका लागि धादिङमा २ हजार ४ सय २२ कर्मचारी खटिदै छन् । धादिङमा जिल्लाभर ३ सय ३ जना मतदान अधिकृत र ३ सय ३ जना सहायक मतदान अधिकृत खटाईएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकरी दिएको छ ।
यसैगरि मतदानका लागि जिल्लाभर १५ सय १३ जना सहायक कर्मचारी र ३०३ जना कार्यालय सहायक खटाईएको छ । प्रत्येक मतदान केन्द्रमा स्वयंसेवकहरु पनि परिचालन गरिने छ ।
निर्वाचनको लागि धादिङमा ११४ मतदान स्थल र ३०३ वटा मतदान केन्द्र रहेको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले १०४ वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ ।
यसैगरी निर्वाचन आयोगले धादिङ जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्र तोकेको छ । अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मात्रैको मतदान गर्न सकिने आयोगले जनाएको छ ।
जिल्लामा १ लाख ३५ हजार ४०१ पुरुष र १ लाख ३० हजार ५९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।
धादिङमा दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको छ भने आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस