धादिङ २८ कात्तिक
धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ का प्रदेश ख का उम्मेद्वार जगत सिंखडाले उत्तरी धादिङको बिकासको लागी आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।
उहाँले आफ्नो पहिलो कार्यकालमा उत्तरी धादिङको विकासमा लागि केहि सुरुवात भएको र ती अपुरा योजना पुरा गर्न तथा थप नयाँ विकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन ।
काठमाण्डौ राजधानि संग जोडिएको धादिङ जिल्लाको उत्तरी भेग विकटता रहेको कुरा आफुलाइ मान्य नभएको बताउनुभयो । उनले दिलमान पाख्रीनले सुरु गरेको दामन पाख्रीन राजमार्गको नाममा नामाकरण भएको सडक सोम्ताङ जोडिएको बाटोमा बनेको थुप्रै पुलहरुको निर्माणमा आफ्नो कार्यकालमा सकेको योगदान पुर्याएको र अझै पनी यस्ता विकासको काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आँखु खोलामा २५३ मेगावटको हाइड्रोपावर दर्ता छ तर अरु नेताले हाइड्रो पावरको खोलालाइ झोलामा राखेको समेत टिप्पणी गरेका छन् ।
लाखौ पर्यटन भित्र्याउन सक्ने उत्तरी क्षेत्रमा विभिन्न किसिमको जडिबुटी रहेको र संसारको सबैभन्दा महङ्गो हिरा रत्न पत्थर उत्तरी क्षेत्रमा रहेकोले त्यसलाइ उत्थान गर्नकै लागि आफू प्रदेश सभा सदस्यको उमेद्वार बनेको उनको भनाई छ ।
उनले लोकतान्त्रीक बामगठबन्धनलाई जिताउन र चुनाब चिन्न हसिया हथौडामा स्वस्तिक छाप लगाइ आफुलाइ जिताउन आग्रह गरेका छ्न ।
प्रतिक्रिया दिनुहोस