धादिङ २६ कार्तिक
एकिकृत अखिल नेपाल शिक्षक संगठन नेत्रावती डब्जोङ गाउँपालिकाको अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राम बहादुर भण्डारीले एकिकृत अखिल नेपाल शिक्षक संगठन नेत्रावती डब्जोङ गाउँपालिकाका श्रमजीवी शिक्षक शिक्षिकाहरु आफ्नो हकहितको लागि संगठनमा गोलबन्द हुनु आवश्यक रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र पार्टी अग्रगमनको पक्षमा रहेको भन्दै आगमी आसन्न मंसिर ४ गतेको निर्वाचनमा सम्पुर्ण मुक्तीगामी शिक्षकहरु अग्रगमनको पक्षमा लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै विशेष अतिथि एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीले ७७ वटै जिल्लाका शिक्षकहरुको माग र मुद्धालाई ससक्त रुपमा आन्दोलन गर्दै सरकारसंग ५१ बुँदे सहमति भएको र यसलाई कार्यन्वयन गराउन ससक्त रुपमा लागिपरेको बताउदै समग्र नत्रावती डब्जोङ गाउँपालिका शिक्षक संगठनका नवनिर्वाचित पदधिकारीहरुलाई बधाई तथा सुभकामना व्यक्त गर्नुभयो ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन नेत्रावती डब्जोङ गाउँपालिकाको अध्यक्ष विनीता तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य रामबहादुर भण्डारी, विशेष अतिथिमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीको उपस्थितीमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वागमति प्रदेश सदस्य उर्मिला तामाङ,जिल्ला समन्वय समिती धादिङका सदस्य विनोदबाबु रिमाल,गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल,नेत्रावती डब्जोङ् गाउँपालिका पार्टी अध्यक्ष प्रेम तामाङ,ध्रुर्व प्रसाद सिंखडा,धनमायाँ तामाङ लगायतको अतिथिमा गाउँपालिका भरिको संगठनप्रमी जनसमूदायहरुको भव्य सहभागिताकोविच कार्यक्रम सम्पन्न भएको हो ।उक्त अधिवेशनबाट विनीता तामाङको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको छ।
प्रतिक्रिया दिनुहोस