धादिङ २६ कात्तिक
नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले अब बन्ने सरकारले धादिङको ज्यामरुङ, कटुञ्जेका श्री ५ को बायुगुठी पीडितहरुको समस्या समाधान गर्ने बताउनुभएको छ ।
शनिबार नीलकण्ठ नगरपालिका १० चामभञ्ज्याङमा सम्पन्न गुठी समस्या समाधानका लागि प्रतिबद्धता तथा आम भेलालाइृ सम्बोधन गर्दै पाख्रिनले यस्तो बताएका हुन् ।
यस्तै, धादिङ क्षेत्र नं २ ख का उम्मेदवार जगत सिंखडाले श्री ५ को बायुगुठी पिडितको समस्या समाधान गर्न कानुनी प्रक्रिया मार्फत संसदमा विधेयक ल्याई कानुनी रुपमा समस्या समाधान गर्ने बताउनुभयो ।
धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभाका नेकपा एमाले उम्मेदवार खेम लोहनीले शनिबार धादिङको ज्यामरुङ, कटुञ्जेका श्री ५ को बायुगुठी पीडितहरुलाइृ लालपुर्जा दिनका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको छ।
ज्यामरुङमा बायुगुठी पीडितहरुले आयोजना गरेको कार्यक्रममा श्री ५ हटेर हराइसकेको अवस्थामा जनताले दुख पाएको र गुठीको नाममा पीडित भएको अवस्थामा नितिगत रुपमा निर्णय गराउन आफैँ लाग्ने उहाँको प्रतिवद्धता छ ।
एमाले संधैँ जनताको पक्षमा रहेकोले यसअघि पनि आफू जनताको पक्षमा लागेर समस्या समाधानका लागि पहल गरेको स्मरण गर्दै आफूलाई जनताले एमालेलाई साथ दिन आग्र्ह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादि केन्द्रका पोलिटब्यूरो सदस्य पुष्प विक्रम मल्ल, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सहसचिव धन बहादुर बुर्लाकोटि, नेकपा माओवादि केन्द्रका जिलला संयोजक मनराज भण्डारी, माओवादी केन्द्रका प्रदेश सभाका समानुपातिक उम्मेदवार सोमबोले तामाङ अक्कल, एकिकृत समाजवादीका केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटि, नेपाली कांग्रेस धादिङका पुर्व सभापति रमेश धमला, धादिङ क्षेत्र नं २ का उम्मेदवार रामनाथ अधिकारी, राप्रपाका केन्द्रिय सदस्य परशुराम तामाङ, नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना, उपमेयर दिपक विश्वकर्मा, नेत्रावतीडबजोङ गाउँपालिकाका उपाध्यक्ष सिता तामाङ लगायत दर्जनौ नेताहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा श्री ५ को बायुगुठी पिडितहरुको समस्या समाधान गर्न सबै राजनितिक दलका नेताहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस