कृष्ण बहादुर लामिछाने
गोरखा २६ कात्तिक
सिद्धकाली माध्यामिक विद्यालय भीमसेनथापा गाउँपालिका २ तान्द्राङ गोरखामा कम्प्युटर सिकाई वातावरण केन्द्र हस्तान्तरण एवं उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच भीमसेनथापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जराले कम्प्युटर सिकाई वातावरण केन्द्रको उद्घाटन गर्नुभएको हो । विद्यालयमा बालबालिकाहरुलाई सुचना प्रविधिको प्रयोग मार्फत सिकाईलाई प्रभावकारी बनाउन कम्प्युटर सिकाई वातावरण केन्द्रको स्थापना गरिएको हो ।
हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका भिमसेनथाप गाउँपालिका २ तान्द्राङ निवासी लायन्स क्लब अफ बाल्टी मोराका अध्यक्ष गणेश लामिछाने र श्रीमती गंगा सिंखडाद्धारा रु १२ लाख, अमेरिकाका डेबिट माल्टेन र बेन्डा मिलाद्धारा रु ६ लाख ५० हजार, भीमसेनथापा गाउँपालिकाद्धारा रु १ लाख र डिजिटल ब्रिज फर नेपालको सहयोगमा जम्मा १९ लाख ५० हजार बराबरको आर्थिक सहयोगमा कम्प्युटर सिकाई वातावरण केन्द्रको स्थापना गरिएको हो ।
सिकाई केन्द्रमा इन्टरनेट सहित १६ वटा कम्प्युटर, १ सेट स्मार्ट टि.भी. र आवश्यक फर्निचरको व्यवस्था गरिएको छ ।
विद्यालय व्यवस्थापन समितकिा ज्येष्ठ सदस्य गोकुल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जराको प्रमुख आतिथ्यता रहेको थियो ।
लायन्स क्लब अफ बाल्टी मोराका अध्यक्ष गणेश लामिछाने, डिजिटल ब्रिजका अध्यक्ष एडमन्ड एन्टोनी, अपरेटर म्यानेजर सोनिका राई, भीमसेनथापा गाउँपालिका शिषा शाखा प्रमुख यान बहादुर नेपाली , सामाजिक विकास समितकिा संयोजक नारायण श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्यहरु, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजकिरण शिक्षक रामचन्द्र लामिछानेले गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमको दोस्रो सत्रमा सिद्धकाली माध्यामिक विद्यालयको विद्यार्थी र गाउँपालिका अध्यक्ष बिच हेल्लो गाउँपालिका अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरले विद्यालयको शैक्षिक र भौतिक पक्षको विषयमा प्रश्न राखेका थिए भने अध्यक्षले उक्त समस्या हल गर्न गाउँपालिकाले गर्दै आएको र अब गर्न लागेको कार्यक्रमको विषयमा प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस