धादिङ २५ कात्तिक
मौसम परिवर्तन भएसँगै जिल्लामा पनि चिसो बढ्दै गएको छ । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको अंग्रेजी तथा समाजशास्त्र विभागको आयोजनामा भएको बौद्धिक अपाङ्ग विद्यालयका विद्यार्थीहरुलाइ सहायता तथा अन्र्तक्रिया कार्यक्रममा नमुना बौद्धिक अपाङ्ग विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार न्यानो कपडा वितरण गरिएको छ ।
बौद्धिक अपाङ्गता भएका २६ जना विद्यार्थीहरुलाई चिसोबाट बच्नका लागि सहायता स्वरुप न्यानो कपडा प्रदान गरिएको हो ।
समाजशास्त्र र सामाजिक कार्य अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न सामाजिक समस्याहरु संग साक्षातकार गराउदै समाजसेवामा लाग्न प्रेरित गराउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
नीलकण्ठ नगरपालिका वडा नं ३ शान्तिटार स्थित नमुना बौद्धिक अपाङ्ग आधारभुत विशेष विद्यालयमा हाल ३० जना विद्याथीहरु अध्ययनरत छन् । २०७४ सालमा स्थापना भएको विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्याथीहरुलाई आवास सहित पठनपाठन गराईदै आएको विद्यालयका प्रधानाध्यापक सर्मिला अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस