धादिङ २४ कात्तिक
चुनाव नजिकिदै जाँदा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेको लर्को लागेको छ । यही सन्दर्भमा धादिको थाक्रे गाउँपालिका वडा नं ३ र ४ साविकको तसर्पुमा नेकपा (एमाले) परित्याग गरी स्थानीय प्रभावशाली नेताहरुसहित दर्जन बढी कार्यकर्ता नेकपा ९एकिकृत समाजवादी०मा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा नेताहरु राम बहादुर घलान, भिम बहादुर तामाङ, राजु लामा, रेख बहादुर तामाङ, बाक तामाङ, राम बहादुर बल, विनोद तामाङ, विशाल तामाङ, राम तामाङ, दावा तामाङ, हमाल तामाङ, किरण तामाङ, सुनिल तामाङ, समग्र तामाङ र सुजल तामाङ लगायतले नेकपा एमाले परित्याग गरेका हुन् ।
धादिङमा राजेन्द्र पाण्डेले मात्रै विकास गर्न सक्ने भन्दै उनिहरुले नेकपा एमाले परित्याग गरेका हुन् । धादिङमा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवार पाण्डे यतिबेला घरदैलो अभियानमा व्यस्त रहेका छन् ।
प्रतिक्रिया दिनुहोस