धादिङ २४ कात्तिक
पछिल्लो २४ घण्टामा धादिङका थप २६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार १३ जना पुरुष र १३ जना महिला गरी कुल २६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कुल संक्रमित २ हजार २१७ पुगेको छ ।
हालसम्म जिल्लाका १ हजार १९४ जना पुरुष र १ हजार २३ महिला गरी कुल २ हजार २१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।
जस अन्र्तगत नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार ३७७ जना संक्रमित भएका छन् भने गल्छीमा ११८, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०, ज्वालामुखीमा ८७, त्रिपुरासुन्दरीमा ८० जनामा संक्रमण भएको छ ।
यस्तै सिद्धलेकमा ७०, गंगाजमुनामा ३२, थाक्रेमा १८,नेत्रावती डवजोङमा १४,रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस