धादिङ कार्तिक २३ गते
धादिङको गंगाजमुना गाउँपालिकाका एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेता देवी बहादुर सिंखडा भाई राजेन्द्र सिंखडाका पुजनिय पिता स्वर्गीय नर बहादुर सिंखडाको असामाहिक निधन प्रति नेकपा माओवादी केन्द्र धादिङ र अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय कमिटीले छैठौँ दिनको अवसर पारी बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।
समग्र गंगाजमुना गाउँपालिकाको शिक्षा क्षेत्रको विकास र आगमी योजना र केन्द्र सरकारले गर्नुपर्ने पहल कदामीको बारेमा ध्यानकर्षन गर्दै एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष एवं पार्टी केन्द्रिय सदस्य शंकर अधिकारी सहितको माओवादी केन्द्रका नेताहरुले बद्रिबिसाल मावि बुढाथुम र महेन्द्र रत्न आधारभुत विद्यालय बुढाथुमका शिक्षक,विद्यार्थी,प्रधानध्यापक,विद्यालय परिवारहरुसंग भेटघाट गरि उक्त श्रद्धाञ्जली सभामा सरिक भएको थियो ।
उक्त सभामा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर अधिकारी,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी,नेकपा माओवादी केन्द्र धादिङका सल्लाहाकार समितिका संयोजक केशरी प्रसाद पन्त एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष खिल बहादुर धमला र गंगा जमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा,वडा नम्बर ७ का वडा अध्यक्ष रविन अधिकारी,हरि वडुवाल लगायत गंगा जमुना गाउँपालिकाका पार्टीकमिटी र वडाकमिटीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
मृत आत्मा प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकु्ल परिवारजनमा गहिरो समावेदना प्रकट गरि मौन धारण गरि सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस