नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास भएको ३६ महिना ९३ वर्ष० मा ४५ प्रतिशत काम सकिएको छ । ४२ महिनाभित्र सक्ने गरी ४ कात्तिक २०७६ मा सुरु भएको सुरुङमार्ग आयोजनामा निर्माणको सुरु भएको थियो ।
लक्ष्यअनुसार काम हुने हो भने अबको ६ महिना अर्थात् आगामी वैशाखभित्र आयोजनाको काम सकिनुपर्छ । तर, अहिलेसम्म मुख्य सुरुङमार्ग र फ्लाइओभरको संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोकिएको समयमा पूरा नहुने अवस्था देखिएको छ ।
मुल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्डको काम भने ६७।३० प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये १ हजार ६४२ मिटर सुरुङ खनिएको छ । अकस्मिक रुपमा उद्धार गर्न बनाइने इभ्याकुएसन सुरुङको २ हजार ५५७ मिटर सुरुङमध्ये १ हजार ८६० मिटर सुरुङ खनिएको छ ।
वर्किङ अडिटको १२६ मिटरको काम सकिएको छ । वर्किङ पासेज १२८ मिटरमध्ये ७४।२ मिटर मात्रै निर्माण भएको छ ।
आयोजनाले ८३६ मिटर सुरुङमा कंक्रिट लाइनिङ गरेको छ । यो कुल सुरुङको २९।७० प्रतिशत मात्रै हो ।
३ वटा अन्डरपासको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् ।
फ्लाइओभर निर्माणका लागि जग राख्ने काम हुँदैछ भने मुआब्जा वितरण पनि चलिरहेको छ ।
सडक खन्ने काम ७६ प्रतिशत सकिएको छ भने पुर्नका लागि गर्नुपर्ने काम ५६ प्रतिशत सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ४५ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये ४८।८३ प्रतिशत रकम खर्च भइसकेको छ ।
आयोजनाको करिब ५० प्रतिशत काम भने सुरुङ बाहिर छ । सुरुङसँग राजमार्गलाई जोड्न पहुँच सडक र फ्लाइओभर निर्माण गरिंदैछ ।
सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २।८७ किलोमिटर ९२ हजार ८७२० को पहुँचमार्ग बनाउनुपर्छ । यसका लागि गुर्जुधाराचोक र सुरुङको मुखमुनि दुईवटा फ्लाइओभर बनाउनुपर्छ । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुनेछ ।
कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन करिब १५० मिटर लामो अर्को फ्लाइओभर बनाउनुपर्छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि पुस २०७७ मा सुरुङमार्गमा खन्ने काम सुरु भएको थियो । २।६६८ किलोमिटर लामो यो सुरुङमार्ग वैशाख २०७७ देखि सुरु गर्ने योजना थियो ।
समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जा विवाद नसल्टिएको लगायत कारण देखाउँदै काममा ढिलाइ भएको थियो । त्यसका कारण अहिले आयोजना तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा आइपुगेको हो ।
सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०।०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ ।
नेपाल सरकारले ५ अर्ब ५३ करोड लगानी गर्ने यो सुरुङमार्ग बनेपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।
प्रतिक्रिया दिनुहोस