बागमती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई ४ मंसिरसम्म कुनै पनि साधारणसभा नगर्न निर्देशन दिएको छ।
प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सुचना जारी गर्दै मंसिर ४ को निर्वाचनसम्म साधारणसभा नगर्न सहकारीहरूलाई निर्देशन दिएको हो।
साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधि सभा एवम् प्रदेश सभाका उम्मेदवारहरू आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशन दिएको छ।
‘प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन ९२०७९० को सन्दर्भमा निर्वाचन आयोगबाट आचारसंहिता जारी भएको सबैमा सर्वविदितै छ। सो सन्दर्भमा आचारसंहिता लागु रहेको अवधिमा बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघ(संस्थाहरूले साधारण सभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरू आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन छ। सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लंघन हुन सक्ने अवस्था देखिएकाले ४ मंसिर २०७९ सम्म कुनै पनि साधारणसभा नगर्न, नगराउनु हुन सबै सहकारी संघ÷संस्थाहरूलाई यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएको छ।
प्रतिक्रिया दिनुहोस