धादिङ ३२ श्रावण
हरेक वर्ष जनै पूर्णिमाको तेस्रो दिन मनाइने रोपाई जात्रा धादिङबेसीमा पनि भव्यताका साथ मनाइएको छ । विशेष गरी नेवार समुदायका मानिसहरुले विभिन्न लाखे नाच, रोपाई नाच तथा मान्छेकै गोरु बनाइ साङ्केतिक रुपमा यो जात्रा मनाइएको हो ।
पौराणिक किम्वदन्ती अनुसार पौराणिक कालमा देउता र दानव बीच यूद्ध हुँदा देउताको विजय भएकोे खुसियालीमा रोपाई जात्रा मनाउने गरेको बताईन्छ । सो जात्रामा विभिन्न देउता, दानवका स्वरुप पनि नाच प्रदर्शन गरिएको छ । धान रोपाई सकेपछि फुर्सदमा रहेको नेवार समुदायले रोपाईको अभिनय गरी सबैलाई मनोरञ्जन समेत गराएका छन् ।
रोपाई जात्रा विशेष रुपमा हरेक वर्ष गरिदै आएको छ । यस किसिमको जात्राले नेवार समुदायका एक आपसमा सम्बन्ध वलियो हुने बताईएको छ । रोपाई जात्रा हेर्नको लागि धादिङबेसी तथा वरिपरिका नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस