धादिङ २१ कात्तिक
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै दलहरूको चुनावी कार्यक्रम तिब्र गतीमा बढेको छ ।
गठबन्धनले सोमबार ज्वालामुखी गाउँपालिकामा मतदाता भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममा कांग्रेस धादिङका प्रतिनिधि सभा २ क का प्रदेश प्रत्यक्ष उम्मेदवार गोविन्द लम्साल, समानुातिक तर्फका उम्मेदवार गोपाल विश्वकर्मा, माओवादि केन्द्र बागमती प्रदेश सभाका समानुपातिक उम्मेदवार सोम्बोले तामाङ अक्कल, जिल्ला संयोजक मनराज भण्डारी लगायत गठबन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
धादिङमा गठबन्धनले निरन्तर चुनावी कार्यक्रम गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस