धादिङ २०
दामन पाख्रिन २६ औँ स्मृति दिवशको अवसरमा धादिङको किन्ताङफेदीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केद्रिय सदस्य एबम पुर्ब कानुन राज्य मन्त्री समेत रहनु भएको दिलमान पाख्रीनले सबै राजनितिक दलहरु सतmामा कसरी आफुमात्र पुग्ने ध्यान रहेको र जनताको सुख र दुखमा ध्यान नगएको कुरामा दुख ब्यक्त गर्नु भयो ।
२०७९ को प्रदेश तथा प्रतिनिधी सभा चुनाबमा टिकट बितरण बारे आफु असन्तुष्ट रहेको र आुसन्न चुनाबको टिकट बितरण प्रक्रियामा केन्द्रको नेतृत्वले पनि धादिङको भुगोल अनुसार जनताको इच्छा र जनताको चाहाना अनुसारको उमेदवार छान्न नसकेको उहाँको दाबी रहेको छ । अहिले सम्म आफुले गर्दै आएको कामको मुल्याङ्कन उतरी भेगको जनताले बुझे पनि टिकट बितरण प्रक्रियाले जनताको मनमा ठेस पुग्न गएको र त्यसको आफुले हिसाब किताब समेत हुने बताएका छन् ।
आफुले गरेको काम र कर्तब्यको जनताले उच्च मुल्लयाङकन गरेको छ र नेपाली कांग्रेस पार्टिमा आफ्नो तिन पुस्ताको लगानी रहेको र नेताहरुको लागी आफु खेलौना मात्र नभएको र नेपाली कांगे्रस पार्टी प्रति आफ्नो माया मोह पनि रहेको बताए ,अहिले सम्म आफु आदिबासी जनजातीकोहरुको ढुकढुकी रहेको र दिर्घकालीन समय सम्म उस्तै रहिरहने पनी बताए ।
उक्त कार्यक्रममा दिलमान पाख्रिनको समर्थनको लागी कास्की पोखरा उस्सु संघका अध्यक्ष बिक्रम तामाङले दुईवटा हेली चार्टर गरेका थिए । साथमा उतरी भेगका जनताहरुको बेजोड उपस्थितीले कार्यक्रमको माहोलमा रौनकता छाएको थिया
प्रतिक्रिया दिनुहोस