धादिङ कार्तिक २० गते
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दिलमान पाख्रिनले धादिङको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर २ मा भुगोलले मागेको उम्मेदवार नेपालीकांग्रेस केन्द्रिय समितिले छान्न नसकेको गु्नासो व्यक्त गरेका छन् । खनियाबास गाउँपालिका वडा नम्बर ४ किन्ताङफेदीमा आयोजित दामन पाख्रिन स्मृति दिवस कार्यक्रममा बोल्दै नेता पाख्रिनले आफ्नो ३ पुस्ताले कांग्रेसमा त्याग गरेको बताउँदै कांग्रेस केन्द्रले पछिल्लो समय उम्मेदवार चयनमा भुल गरेको बताउनुभयो ।
अहिले गठबन्धनको नाममा एक पार्टीको कार्यकर्ताले अर्को पार्टीको चिन्हमा भोट माग्नु पर्ने, अर्को पार्टीको चिन्हमा भोट हाल्नु पर्ने त्यहि अनुसार प्रचार गर्दै गर्दा आफ्नो पार्टी कै नाम गुमगाम पार्नु पर्ने हुँदा राजनीतिक दलको नामै नरहने अवस्था आएको उहाँले बताउनुभयो ।
राजनीतिक दलले संविधानले निर्दिष्ट गरेको समानुपातिक, समावेसीलाई लत्याएर टिकट वितरण गरेको र त्यसमा कांग्रेस अछुतो नरहेको समेत प्रस्ट पार्नुभयो । समानुपातिक, समावेसीको नाममा दलहरुले श्रीमती भाईभतिज र नातेदार ल्याउने गरेका छन् यसले संविधानको रक्षा भयो ?दलहरु सच्चिन जरुरी रहेका समेत पाख्रिनलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस