नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा नौबिसे सुरूङमार्गको अवलोकन गरेका छन्। आइतबार ओलीले नौबीसे तर्फबाट निर्माण भइरहेको सुरूङको भ्रमण अवलोकन गरेका हुन्।
बहुचर्चित नागढुंगा नौबीसे सुरुङमार्ग २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो। शिलान्यासको १४ महिनापछि मात्रै सुरुङ निर्माणको काम सुरु भएको थियो।
सुरुङमार्ग धादिङको सिस्नेखोलाबाट शुरु भई त्रिभुवन राजमार्गको काठमाडौंस्थित बलम्बु नजिकै जोडिनेछ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाबीच सन् २०१६ मा सुरुङमार्ग निर्माणको सम्झौता भएको थियो। आयोजनाको लागत २२ अर्ब अनुमान गरिएको छ।
सुरुङमार्गमा ७ वटा पुल, ११ वटा बक्स कल्भर्ट, दुवैतर्फ सडक दस्तुर संकलन गर्न टोल संरचना, सुरुङमार्गको सम्पूर्ण अवस्थाको अनुगमन गर्न नियन्त्रण कक्ष, छुट्टै विद्युत् लाइन र २ वटा फ्लाइओभर ब्रिज बन्ने सम्झौतामा उल्लेख छ। थाहा खबरबाट ।
प्रतिक्रिया दिनुहोस