धादिङ १९ कात्तिक
शनिबार धादिङका थप १९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार ९ जना पुरुष र १० जना महिला गरी कुल १९ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमित २ हजार ११० पुगेको छ । हालसम्म जिल्लाका १ हजार १३५ जना पुरुष र ९७४ महिला गरी कुल २ हजार ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको धादिङले जनाएको छ ।
जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् । नगरपालिकामा हालसम्म १ हजार २९७ जना संक्रमित भएका छन् भने गल्छीमा १११, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०,ज्वालामुखीमा ८२, त्रिपुरासुन्दरीमा ७६ जनामा संक्रमण भएको छ।
यस्तै सिद्धलेकमा ६१, गंगाजमुनामा ३१, थाक्रेमा १८,नेत्रावती डवजोङमा १४,रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस