मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ । आज रुपन्देहीमा बसेको नेपाल भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरुको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि दुवै देशका उच्च सुरक्षा अधिकारीहरुको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस