धादिङ १९ कात्तिक
जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई टेलिभिजन सहयोग गरिएको छ । शुक्रबार कारागार परिसरमा नीलकण्ठ नगरपालिका वडा नंम्बर १० टारीबेसी निवासी शिव पाठकले कारागारका जेलर धनीराम शर्मालाई टेलिभिजन हस्तान्तरण गर्नुभएको हो ।
दश वर्षदेखि वैदेशिक रोजगारमा रहेका पाठकले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको उपस्थितिमा कैदीबन्दीलाई सामग्री प्रदान गर्नुभएको हो । ३० हजार मुल्य रहेको टिभी कैदीलाई सहयोग गरिएको हो ।
हाल कारागारमा ३ सय ६ जना बन्दी रहेका छन् । जसमा २ सय ८५ जना पुरुष र २१ जना महिला रहेको जेलर धनीराम शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस