किशोरी बलात्कार आरोप लागेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ।
सरकारी वकिलले सन्दीप लामिछानेमाथि १२ बर्ष कैदको माग गर्दै मुद्दा दायर गरेको थियो। बिहीबार लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। आज जिल्ला सरकारी वकिलको कार्यालयका वकिलहरूले बहस गरेका गरेका छन्।
जवाफी बहस सकिएपछि केहीबेरमा आदेश आउने अदालतका सूचना अधिकृत दीपक दाहालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस