धादिङ १७ कात्तिक
बिहीबार धादिङका थप २९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार १४ जना पुरुष र १५जना महिला गरी २९ जनामा संक्रमण पुष्टि भएका हो ।
हालसम्म जिल्लामा १ हजार ११६ जना पुरुष र ९५२ महिला गरी कुल २ हजार ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् । नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार २६६ जना संक्रमित भएका छन् भने गल्छीमा १०८, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०, ज्वालामुखीमा ७९, जनामा संक्रमण भएको छ ।
यस्तै त्रिपुरासुन्दरीमा ७५, सिद्धलेकमा ५७, गंगाजमुनामा २७, थाक्रेमा १८, नेत्रावती डवजोङमा १४, रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस