राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष रवि लामिछानेलगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई वाचापत्र नाम दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । घोषणापत्रमा (वाचा पत्र)मा शासकीय स्वरूपबारे यस्तो व्यवस्था गर्ने बताएको हो ।
वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ । यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ ।
त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेन्डा छ ।
यस्तै उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि उसको एजेन्डामा छ । भारतसहित केही मुलुकमा उपराष्ट्रपति माथिल्लो सभाको अध्यक्ष हुने व्यवस्था छ । त्यस्तै प्रदेशमा पनि जनताद्वारा निर्वाचित मुख्यमन्त्री रहने व्यवस्थाको पक्षमा रास्वपा देखिएको छ । त्यस्तै संवैधानिक परिषद् खारेज गरी प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायहरूमा नियुक्ति हुने प्रबन्ध मिलाइने उसको वाचापत्रमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस