धादिङ १७ कात्तिक
नेत्रावती डबजोङ गाउँपालिकाको समन्वयमा संचालित सरसफाइ सुधार तथा जिविकोपार्जन परियोजना अन्तरगत वडा नम्बर ४ का दमाईछाप समुदायमा विन्दुकेशर पञ्चेबाजा समुह गठन तथा पञ्चेबाजा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
विन्दुकेशर पञ्चेबाजा समुहको अध्यक्षमा हरी कुमार दमै चयन हुनुभएको छ । दमैको अध्यक्षतामा ७ सदस्यीय समुह गठन गरिएको हो । जसको उपाध्यक्षमा सुकु परियार, सचिवमा रोशन परियार, कोषाध्यक्षमामा रविना परियार र सदस्यहरुमा हरि परियार, रमेश परियार, जुनी परियार रहेका छन् भने संरक्षक समितिको संयोजकमा सन्तकुमार श्रेष्ठ चयन हुनुभएको छ । जसको सदस्यहरुमा ज्ञाने नेपाली र राममाया श्रेष्ठ रहेका छन् ।
आईसीडीसी नेपाल र नेपाल इन्जलिन्जेनको आयेजनामा भएको कार्यक्रममा विन्दुकेशर पञ्चेबाजा समुहलाई १ थान पञ्चेबाजा सेट हस्तान्तरण गरिएको छ । जस अन्र्तगत २ वटा नरसिंहा, २ वटा सनाई, २ वटा दमाहा, १ वटा ढोलकी, १ वटा टेम्को, १ वटा झुर्मा र ११ वटा ज्याकेट रहेका छन् ।
जिविकोपार्जन अन्र्तगत हस्तान्तरण गरिएको बाजाले समुदायको आयआर्जनमा बृद्धि हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा जिविकोपार्जन अन्र्तगत आरान व्यबस्थापन, कृषि तथा पशुपालनमा सहयोग गर्ने आईसिडिसिका राजन अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नेपाल इन्जलिन्जेनका डा क्लाअस बेन्डर, आईसिडिसिका कोषाध्यक्ष गोपाल गुरुङ, नेत्रावत िडबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, वडा नं ४ का वडा अध्यक्ष तिल बहादुर गुरुङ, वडाप्रतिनिधिहरु, आईसिडिसिका कार्यक्रम व्यवस्थापक बिनोद रिजाल, कार्यक्रम संयोजक सुरेन्द्र पाठक लगायत पञ्चेबाजा समुहका पदाधिकारी तथा बाद्यबादकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस