धादिङ १६ कात्तिक
बुधबार धादिङका ६९ जनामा डेंगी संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार ३८ जना पुरुष र ३१ जना महिला गरी कुल ६९ जना संक्रमित थपिएका हुन् ।
हालसम्म जिल्लामा १ हजार १०२ जना पुरुष र ९३७ महिला गरी २ हजार ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
जसमा नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार २५६ जना संक्रमित भएका छन् भने गजुरीमा १०६, गल्छीमा ९६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०, ज्वालामुखीमा ७९, जनामा संक्रमण भएको छ ।
यस्तै त्रिपुरासुन्दरीमा ७५, सिद्धलेकमा ५५, गंगाजमुनामा २७, थाक्रेमा १८, नेत्रावती डवजोङमा १३, रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस