धादिङ १५ कात्तिक
मंगलबार धादिङका ५९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार ३० जना पुरुष र २९ जना महिला गरी कुल ५९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा १ हजार ६४ जना पुरुष र ९०६ महिला गरी कुल १ हजार ९७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् ।
नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार २३८ जना संक्रमित भएका छन् भने गजुरीमा १०६, धुनिबेशीमा ८७, गल्छीमा ८४, ज्वालामुखीमा ७९, त्रिपुरासुन्दरीमा ७५ जनामा संक्रमण भएको छ ।
यस्तै बेनिघाट रोराङमा ६४, सिद्धलेकमा ५१, गंगाजमुनामा २७, थाक्रेमा १८,नेत्रावती डवजोङमा १२ , रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस