धादिङ १४ कात्तिक
सोमबार धादिङका थप २२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार पछिल्लो २४ घण्टामा ११ जना पुरुष र ११ जना महिला गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ९११ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका १ हजार ३४ जना पुरुष र ८८७ महिला गरी कुल १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १२ सय ११ संक्रमित रहेको छ भने गजुरीमा १०६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
यस्तै गल्छीमा ८३, ज्वालामुखीमा ७७, त्रिपुरासुन्दरीमा ७२, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ५०, गंगाजमुनामा २७, थाक्रेमा १८, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा १२, र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस