राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमाबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ ।
पूर्ण समानुपातिक संसद हुनुपर्ने उसको प्रस्ताव छ । प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने पनि उसले बताएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ। नेपाली कांग्रेसले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस