धादिङ ३० श्रावण
८० प्रतिशत चिनीया लगानीमा निर्माणाधिन ह्वासिन सिमेन्ट उद्योग फिर्ता जान दिन नहुने भन्दै धादिङ चेम्बर्स अफ कर्मसले लगानीमैत्री वातावरण बनाउन सरोकारवाला सबैसँग आग्रह गरेको छ । समृद्ध नेपाल सुखी नेपालीको लागि आर्थिक उन्नति, आर्थिक उन्नतिको लागि औद्योगिक क्रान्ती भन्ने नारा लिएर नेपाल सरकार वैदेशिक लगानीलाई प्रोत्साहन गरिरहेको सन्दर्भमा ह्वासिन सिमेन्ट उद्योग फिर्ता गराउन खोज्नु दुःखद भएको बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै बताएको छ । अध्यक्ष गोविन्द कुमार श्रेष्ठ र महासचिव अशोक कुमार बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तिमा ह्वासिन सिमेन्ट उद्योगले स्थानीय निकायसँगको जग्गा लिज सम्बन्धमा भएको सम्झौतामा कुनै त्रुटि भएको भए त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने माग राखेको छ । विज्ञप्तीमा निर्माणाधिन उद्योगले समग्र वातावरणीय पक्षहरुलाई ध्यानमा राखेर उद्योग स्थापना र सञ्चालन गर्ने वातावरण बनाइ देशको र धादिङ जिल्लाकै आर्थिक उन्नतिमा ठुलो महत्त्व राख्ने उद्योगलाई सहज रुपले निर्माण र सञ्चालन हुने वातावरण बनाउनुपर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस