धादिङ १२ कात्तिक
शनिबार धादिङका थप २५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार पछिल्लो २४ घण्टामा १२ जना पुरुष र १३ जना महिला गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ८६० पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका १ हजार ९ जना पुरुष र ८५१ महिला गरी कुल १ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार १७० रहेको छ भने गजुरीमा १०६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
यस्तै गल्छीमा ८३, ज्वालामुखीमा ७४, त्रिपुरासुन्दरीमा ७२, सिद्धलेकमा ४४, बेनिघाट रोराङमा ३९, गंगाजमुनामा २७, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा १२, र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस