धादिङ १० कात्तिक
बिहिबार धादिङका थप ४८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २० जना पुरुष र २८ जना महिला गरी ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ८१२ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ९८५ जना पुरुष र ८२७ महिला गरी कुल एक हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ११ सय ३० रहेको छ भने गजुरीमा १०६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
यस्तै गल्छीमा ८३, ज्वालामुखीमा ७१, त्रिपुरासुन्दरीमा ६९, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ४२, गंगाजमुनामा २७, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा १२, र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस