धादिङ ०६ कात्तिक
धादिङमा डेंगी संक्रमितको संख्या १ हजार ६७५ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २३ जना पुरुष र १७ जना महिला गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्लाका ९२३ जना पुरुष र ७५२ महिला गरी कुल एक हजार ६७५ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार १९ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीमा ८७, गल्छीमा ६८, ज्वालामुखीमा ६६, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ४०, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ११, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस