धादिङ ०६ कात्तिक
धादिङ्गमा जारी जिल्लास्तरीय अन्तरपालिका टी–२० क्रिकेट लिगको फाइनलमा धुनीबेसि नगरपालिका प्रवेश गरेको छ ।
जिल्लास्थित विशालटारमा रहेको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा आइतबार भएको खेलमा पहिलो सेमिफाइनल खेलमा निलकण्ठ नगरपालिकालाई १३ रनले पराजित गर्दै धुनिबेसी उपाधी नजिक पुगेको हो ।
धुनिबेसीले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको निलकाण्ठ निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रनमा समेटियो ।
निलकाण्ठका लागि सन्तोष घिमिरेले ४६ बलमा ४ चौका र ५ छक्कासहित ६० रनको अर्धशकिय इनिङ खेल्दै अविजित रहे पनि टोलिको हारलाई टार्न सकेनन् । अर्जुन नगकोटिले २० बलमा ४ चौकासहित २२ रन बनाउदा सुजित श्रेष्ठले १३ बलमा १ छक्कासहित १५ रन जोडेर अविजित रहे ।
धुनिबेसिका लागि सुनिल बानियाँले २ विकेट हात पार्दा कुशल रुपाखेती र अमृत थापाले समान १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ्ग गरेको धुनिबेसिले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
धुनिबेसिका लागि कुशल रुपाखेतिले २१ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ४४ रन बनाए । यस्तै समीर तिमल्सिनाले ३२ बलमा २ चौका र १ छक्कासहित १८, सुनिल बानियाँले २४ बलमा १ चौका र १ छक्कासहित १६, प्रनित भट्टले ११ बल खेल्दै १२ रन बनाउदा संस्कार पाठक ७ बलमा १ छक्कासहित ११ रन जोडेर अविजित रहे ।
निलकण्ठका लागि सुजित श्रेष्ठले ३ विकेट हात पार्दा अनिल ढकालले २ तथा आशिष अधिकारी र राजिब श्रेष्ठले समान १–१ विकेट लिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले त्रिपूरासुन्दरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाबिच प्रतिस्पर्धा भइरहेको छ ।
अब सोमबार हुने फाइनलमा उपाधिका लागि धुनिबेसीले त्रिपूरासुन्दरी गाउँपालिका र बेनिघाट रोराङ्ग गाउँपालिकाबिचको सेमिफाइनल खेलको विजेता टोलिसँग प्रतिस्पर्धा गर्नेछ ।
Source: Merokhel.com
प्रतिक्रिया दिनुहोस