नीलकण्ठ नगरपालिका धादिङमा जारी जिल्लास्तरीय अन्तरपालिका टी-२० क्रिकेट लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जिल्लास्थित विशालटारमा रहेको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा शनिबार भएको खेलमा गल्छी गाउँपालिकालाई ३ विकेटले पराजित गर्दै नीलकण्ठले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
गल्छीले दिएको ९२ रनको विजयी लक्ष्य नीलकण्ठले १९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । नीलकण्ठका लागि दीपक सुवेदीले ३१ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाए । यस्तै निसान गुरुङ्गले ६ बलमा २ चौका र १ छक्कासहित १४ रन बनाउँदा अनिल ढकालले २५ बलमा २ चौकासहित ११ रन जोडे ।
गल्छीका लागि रामहरी सापकोटाले ३ विकेट हात पार्दा विक्रम खड्का, रुपेश भुजेल र प्रविन खतिवडाले समान १(१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गल्छीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो ।
गल्छीका लागि सुजन अधिकारीले ३५ बलमा ४ चौका र १ छक्कासहति सर्वाधिक ३० रन बनाए । अमन श्रेष्ठ ११ बलमा ४ चौकासहित १८ रनमा अविजित रहँदा रामहरी सापकोटाले २५ बलमा २ चौकासहित अविजित १५ रन बनाए । नीलकण्ठका लागि राजीव श्रेष्ठ एक्लैले ४ विकेट हात पार्दा सन्तोष घिमीरे र अनिस अधिकारीले १(१ विकेट लिए ।
यस खेलसँगै जारी लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । समूह बी बाट नीलकण्ठसँगै बेनीघाट रोराङ गाउँपालिका अन्तिम चारमा पुगेको छ । बेनीघाटले आज नै भएको पहिलो खेलमा सिद्धलेक गाउँपालिकालाई ४६ रनले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
त्यसअघि समूह ए बाट धुनिबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेको थियो । जिल्लाभरका ८ पालिकाको सहभागिता रहेको लिगका सेमिफाइनलका खेलहरु आईतबार हुनेछन् । सहभागि ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । फाइनल खेल सोमबार हुनेछ ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा जारी लिगको विजेताले १ लाख ३० पुरस्कार प्राप्त गर्दा उपविजेता टोलीले ५७ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै म्यान अफ सिरिज घोषित हुने खेलाडीले १५ हजार प्राप्त गर्दा उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरले समान १०(१० हजार प्राप्त गर्नेछन् ।
धादिङ जिल्ला क्रिकेट संघ हाल नेपाल क्रिकेट संघ ९क्यान० को मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको छ । धादिङ जिल्ला क्रिकेट संघले अहिले तर्दर्थ समितिको रुपमै आफ्ना गतिविधि संचालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस