धादिङ श्रावण २८
धादिङको ज्वालामुखी गाउँ पालिका वडा नं. ३ मैदी अमराई हटियामा मङ्गलबार दिउसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । धादिङबेसीबाट मैदी जादैँ गरेको बा १३ च ५२३० नम्बरको बोलेरो जिप उकालोमा ब्रेक फेल भइ दुर्घटना भएको हो । घाइतेमध्ये ६ जना गम्भीर रहेको घटनास्थलमा उद्दारका लागि खटिएका स्वयमसेवक किरण कुमार श्रेष्ठले बताउनु भयो । दुर्घटनामा घाइते भएका सबैलाई उद्दार गरी जिल्ला अस्पताल धादिङ ल्याइएको हो । उद्दारका लागि स्थानीय प्रहरी र रेडक्रसकर्मीहरु घटनास्थल पुगेका थिए । दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
दुर्घटनामा गम्भीर घाइतेहरु
१. वीर बहादुर मैदी १ छापथोक
२. प्रति वि.क. मैदी ३ उखुबारी
३. लोक बहादुर सामरी मैदी १ कमेरे
४. मिलन परियार मैदी ३ कोटथोक
५. बालमाया रानामगर मैदी १ कमेरे
६. मनमाया पुलामी मैदी १ कमेरे
अन्य घाइते
७. सन्ध्या परियार मैदी ३ कोटथोक
८. लक्ष्मी श्रेष्ठ मैदी २ बतासे
९. मञ्जु श्रेष्ठ मैदी ३ माथिल्लो हटिया
१०. कोपिला श्रेष्ठ मैदी ३ हटिया
११. पौष तिवारी मैदी २
१२. रिजन श्रेष्ठ मैदी ३ माथिल्लो हटिया
१३. विष्णु श्रेष्ठ मैदी ३ माथिल्लो हटिया
१४. गोपाल बहादुर नेपाली चालक
प्रतिक्रिया दिनुहोस