धादिङ ०४ कात्तिक
शुक्रबार धादिङका थप ५० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार पछिल्लो २४ घण्टामा २४ जना पुरुष र २६ जना महिला गरी ५० जनामा डेंगी संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ५९४ पुगेको छ ।
स्वास्थ्य कार्यालय धादिङको अनुसार जिल्लाका ८ सय ७७ जना पुरुष र ७ सय १७ महिला गरी कुल १ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ९५८ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीमा ७३, गल्छीमा ६८, ज्वालामुखीमा ६५, बेनिघाट रोराङमा ३९, सिद्धfलेकमा ३८, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ९, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस