धादिङ ०४ कात्तिक
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले इजाजतसहित लिइएका हातहतियारहरू बुझाउन आग्रह गरेको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको हो । प्रशासनले कार्तिक ५ गते भित्र नजिकको प्रहरी ईकाईमा हातहतियार बुझाउन हतियार धनिहरुलाई आग्रह गरेको हो ।
गृह मन्त्रायलको असोज १३ गते बसेको सचिवस्तरिय निर्णयअनुसार जिल्ला भित्र रहेका ईजाजत प्राप्त र विना ईजाजतका हात हतियार स्वतस्फूर्त रुपमा बुझाउन प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
निर्धारित समयभित्र हातहतियार नबुझाई अटेर गरेमा त्यस्ता व्यक्तीको हातहतियार जफत गरि प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।
असोज १४ गते सम्म हातहतियार बुझाउने समय दिएपनि हतियार धनिले हातहतियार बुझाउन नआएकोले पुन दोश्रो पटक सूचना प्रकाशन गरिएको पनि प्रशासनले जनाएको छ । बुझाईएको हातहतियार निर्वाचनको एकसाता पछि फिर्ता लैजान सकिने छ ।
प्रतिक्रिया दिनुहोस