धादिङ श्रावण २८
धादिङको ज्वालामुखी गाउँ पालिका वडा नं. ३ मैदी अमराई हटियामा मङ्गलबार दिउसो सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धादिङबेसीबाट मैदी जादैँ गरेको बा १३ च ५२३० नम्बरको बोलेरो जिप उकालोमा ब्रेक फेल भइ दुर्घटना भएको हो । घाइतेमध्ये २ जना गम्भीर रहेको घटनास्थलमा उद्दारका लागि खटिएका स्वयमसेवक किरण कुमार श्रेष्ठले बताउनु भयो । दुर्घटनामा घाइते भएका सबैलाई उद्दार गरी जिल्ला अस्पताल धादिङ पठाइएको छ । उद्दारका लागि स्थानीय प्रहरी र रेडक्रसकर्मीहरु घटनास्थल पुगेका थिए ।
फोटो : सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस