धादिङ ०३ असोज
बिहिबार धादिङका थप ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार पछिल्लो २४ घण्टामा ३० जना पुरुष र २८ जना महिला गरी ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ५४४ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार जिल्लाका ८५३ जना पुरुष र ६९१ महिला गरी कुल १ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ९२४ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीमा ७३, गल्छीमा ६३, ज्वालामुखीमा ६४, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३६, थाक्रेमा १७, नेत्रावती डवजोङमा ११, रुवीभ्यालीमा ९, गंगाजमुनामा २१ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस